जनता टाइम्स

१३ जेष्ठ २०७७, मंगलवार १७:३१

नेकपाको प्रदेश सभा सदस्यले गरे लहानमा पुल शिल्यनास


लहान, जेठ १३ गते । प्रदेश नं. २ का प्रदेश सभा सदस्य अशोक यादवले सोमबार लहान नगरपालिका २० मा पुलको शिल्यानाश गरेको छ ।

लहान नगरपालिका २० स्थित हरिनगरा – कल्यान्दह जोड्ने सडकमा प्रदेश सभा सदस्य यादवले विधि पूर्वक पूजाआजा गरी पुलको सिल्यानाश गर्नुभयो ।

स्थानीयको जनताको माग अनुसार उक्त ग्राभेल सडकमा प्रदेश सभा सदस्य कोषबाट पुल निर्माण गर्न लागेको प्रदेश सभा सदस्य अशोक यादवले बताउनुभयो ।

१४ लाखको लगानीमा पुल निर्माण गर्न लागेको उक्त पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बिटुरी महतोले बताउनुभयो । सो ठाउँमा पुल नहुँदा वर्षा महिनामा स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको थियो ।

पुल निर्माणले करिब २ सय घरपरिवार भन्दा बढी लाभान्वित हुने लहान नगरपालिका २० का वडा अध्यक्ष गणेश चौधरीले बताउनुभयो । वडा अध्यक्ष चौधरीका अनुसार तत्कालीन एमालेबाट निर्वाचित हाल नेकपाको युवा नेता प्रदेश सभा सदस्य अशोक यादवले सो ठाउँमा पुल निर्माणको लागि बजेट दिँदा स्थानियहरु खुसी भएका छन् ।