जनता टाइम्स

१४ जेष्ठ २०७७, बुधबार १७:२०

सिरहा प्रहरी प्रमुखका अंगरक्षक र चालकलाई कोरोना


सिरहा, जेठ १४

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अंगरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

प्रहरी उपरिक्षक चतुर्वेदीका अंगरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले गर्नुभयो । सङ्क्रमणको पुष्टि भएलगत्तै दुवै जनालाई सिरहा जिल्ला अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

अङ्गरक्षक र चालकको पिसिआर टेष्ट पोजिटिभ पाइएपछि प्रहरी उपरीक्षक चतुर्वेदी पनि सेल्फ क्वारेन्टाइनमा बस्न थाल्नुभएको प्रजिअ गुरागाईंले जानकारी दिनुभयो । गत जेठ ५, ६ र ७ गते सिरहाको चोहर्वास्थित बहादुर श्री शेर गणमा दुवै जनाको स्वाब संकलन गरिएको थियो । गणमा स्वाब सङ्कलन गरिएका गणपतिसहित अन्य सुरक्षा अधिकृत तथा सुरक्षाकर्मीको पिसिआर टेष्ट भने नेगेटिभ आएको छ ।