जनता टाइम्स

२२ जेष्ठ २०७७, बिहीबार १७:०७

कोरोना संक्रमिणबाट थप एकको मृत्यु, दश पुग्यो मृतक संख्या


काठमाडौं, जेठ २२ । कोरोना भाइरसको संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उहाँको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

पूर्वखोला २ जल्पा क्वारेन्टाइनमा रहेका ती बिरामीलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो । मृत्युपछि उहाँको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले ‘रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो ।

कोभिडको आंशका गर्दै उनको शव व्यावस्थापन गरिएको थिएन । डा। गिरीका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार पाल्पाको मृतक एकसहित अर्घाखाँचीको १, नवलपरासीको २ र रुपन्देहीको १८ सहित २२ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।