जनता टाइम्स

२४ जेष्ठ २०७७, शनिबार १८:१२

सडक मानवले सार्वजनिक गरे प्रधानमन्त्रीले लेखेको गीत


काठमाडौं, जेठ २४ । समृद्ध नेपाल, सुखी नेपाली नामक गिती एल्वम सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमेत गितकार रहनुभएको गिती एल्वममा कुल ५ वटा गीतहरु संग्रहित रहेका छन् । राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा गिति एल्वम तयार भएको हो ।

आज नयाँ ठिमी भक्तपुरमा ७० जना भन्दा वढी सडक मानवहरुलाई खाना खुवाउँदै उनीहरुको हातबाट नै एल्वम सार्वजनिक गरिएको थियो । एक पुरुष र एक महिला सडक मानवलाई नै प्रमुख अतिथि बनाएर उनीहरुको हातबाट एल्वम सार्वजनिक गरिएको थियो । गिती संग्रहमा ५ वटा गितहरु समावेश रहेका छन । जसमध्ये स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिदैन प्रवासलाई प्रधानमन्त्री केपी ओलीले रचना गर्नु भएको हो भने शान्तिराम राई र मेलिना राईले आवाज दिनुभएको छ ।

यस्तै हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्यौ सुखि खुसी जनता नाँचेको रमेशकुमार पौडेलले रचना गर्नुभएको छ भने बद्री पंगेनी र मेलिना राईले आवाज दिनुभएको छ । त्यसैगरी समृद्ध नेपाल सुखी नेपाली बोलको गितमा विपिन किरणको रचना रहको छ भने राजेश पायल राईले आवाज दिनुभएको छ । मुर्झिएका सपनाहरु विउँझायौ तिमिलेलाई रमेशकुमार पौडेलले रचना गर्नु भएको छ भने राजेश पायल राईले आवाज दिनुभएको छ । त्यसैगरी पूर्वपश्चिम सिमा तिर दुश्मनले नजर लगायो बोलको गितमा विपिन किरणको रचना बद्री पंगेनी र मेलीना राईको आवाज रहको छ ।

किरण क्रियसनले बजार व्यवस्थापन गरको गिति संग्रहमा संगित संयोजन आमोश तामाङ रहको छ भने सम्पुर्ण गितमा प्राज्ञ शान्तिराम राईले संगित भर्नु भएको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताका पक्षमा लिनुभएको अडान र समृद्ध नेपाल, सुखी नेपाली बनाउँको लागि लिनुभएको पहलकदमीलाई जनतामाझ लैजानको लागी गिति संग्रह तयार पारिएको र आफुले त्यसको संयोजन गरेको राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलले जानकारी दिनुभयो ।