जनता टाइम्स

२८ जेष्ठ २०७७, बुधबार २३:०८

असारदेखी सम्पूर्ण सरकारी कार्यालय खोल्ने सरकारको निर्णय


काठमाडौं, जेठ २८

सरकारले असार एक गतेदेखी सम्पूर्ण सरकारी कार्यालय खुल्ला गर्ने निर्णय गरेको छ । लकडाउनका कारण चैत ११ गतेदेखी अत्यावश्यक सेवाका कार्यालयदेखी अन्य सरकारी कार्यालय बन्द थिए । ति सबै कार्यालय पूर्ण सुरक्षाका उपायहरु अपनाएर खुल्ला गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहान ८ देखि १ बजेसम्म पहिलो र १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्ट चल्ने बताउनु भयो ।

‘आवागमन गर्दा यातायातमा भीडभाड नहोस् भनेर र कार्यस्थलमा सामाजिक दुरी (भौतिक दुरी) कायम गर्नका लागि सरकारी, गैरसरकारी, निजी, बैंक तथा वित्तीय क्षेत्रका कार्यालयहरु दुई सिफ्ट सञ्चालन गर्ने निर्णय गरेका हौं’, प्रवक्ता खतिवडाले भन्नुभयो । उहाले आर्थिक वर्ष अन्त्यको समय भएकोले धेरै काम गर्नु पर्ने भएकोले सहज गराउन परेको बताउनु भयो ।

यसैगरी पसल, निजी सवारी जोरविजोर प्रणालीमा संचालन गर्ने र एसईई परिक्षा नगर्ने निर्णय पनि गरेको छ ।