जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार ०७:२२

सभापति देउवा उपचारका लागि सिंगापुर प्रस्थान


काठमाडौ, ९ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ ।  पेटमा समस्या भएपछि देउवा त्यसको उपचारका लागि बुधबार राति सिंगापुर प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।पेटसम्बन्धी समस्या झेल्दै आउनुभएका देउवाले सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराउँदै आउनुभएको छ ।

चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो । पत्नी आरजू राणालाई साथमा लिएर जानुभएका देउवा जेठ १३ मा स्वदेश फर्कने कार्यक्रम छ ।