जनता टाइम्स

३० जेष्ठ २०७७, शुक्रबार ०१:१६

ओली सरकारलाई गाली गर्नुअघि यो तथ्य पढनोस


तथ्यले भन्छ-भारत भन्दा २६७ प्रतिशतले बढी छ नेपालको कोरोना परीक्षण दर

काठमाडौं, जेठ ३० । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले केही गरेन भन्दै लकडाउन तोडेर प्रदर्शन हुन थालेका छन । सरकारले भारतले लामो समयदेखि हडपेको नेपाली भूमि फिर्ता ल्याउने अठोटका साथ नक्शा जारी गर्दै संबिधान संशोधन प्रक्रिया अघि बढाएपछि एकाएक पिसिआर परीक्षण बढाउनु पर्छ भन्दै सडकमा आपत्तिजनक नारा लगाउँदै कोरोना संक्रमण फैलाएर मुलुक नै तवाह बनाउने षडयन्त्रसहित प्रदर्शन हुन थालेको छ ।

प्रमुख प्रतिपक्षी दलदेखि पूर्वराजाका समर्थक र भारतीय एजेण्टसमेत एक ठाउँमा उभिएर बिरोध भइरहँदा सार्क राष्ट्र र भारतको तुलनामा कोरोना संक्रमितको परीक्षण दर कस्तो छ भन्ने तथ्यलाई जनताटाइम्सले अध्ययन गर्दा नेपाल नै सवैभन्दा अब्बल देखिएको छ । यो समाचार तयार पार्दासम्म कूल संक्रमितका आधारमा भारत भन्दा नेपाल धेरै अगाडि रहेको तथ्य फेला परेको छ ।

वल्डोमिटर्सको सूचूअनुसार भारत कूल संक्रमितका आधारमा भारत चौथो र हाम्रो देश नेपाल ७४औं स्थानमा रहेको । यस्तै प्रति १० लाख जनसंख्यामा कोरोना संक्रमण परीक्षण दर अर्थात टेष्टिङ रेट भारतको ३,७८० रहेको छ भने नेपालको १० हजार १ सय ४ रहेको छ । जुन भारतको भन्दा २६७ प्रतिशतले बढी हो । यी सवै तथ्यलाई बंग्याएर नेपालमा अफवाह फैलाउने काम भइरहेको छ ।

हेर्नाेस यो तथ्य

कोरोना परीक्षणमा सार्क राष्ट्रमा भुटान बाहेक सवै देश भन्दा नेपाल निकै अगाडि रहेको छ । नेपाल जापान र थाइल्याण्ड भन्दा पनि कोरोना परीक्षणमा अगाडि रहेको शुक्रराज अस्पताल टेकुका चिकित्सक डाक्टर बिकेश श्रेष्ठले जनाउनु भएको छ । श्रेष्ठले बुधवार मात्रै वल्डोमिटर्सबाट यो तथ्यांक लिनुभएको हो ।

हेर्नाेस यो तथ्य

सरकारले केही गरेन भन्नेहरुले अहिलेसम्म १ लाख १५ हजार ९ सय ३० जनाको निशुल्क पिसिआर टेष्ट भएको तथ्यलाई समेत बिर्सिएका छन । यस्तै हालसम्म १ लाख ७८ हजार १ सय ४३ जनाको निशुल्क आरडिटी बिधिबाट परीक्षण भएको छ भने ४ हजार ६ सय १४ संक्रमितको निशुल्क उपचार भएको छ । यसैगरी हालसम्म १ लाख ६२ हजार १३ जनालाई निशुल्क क्वारेन्टाइनमा राखिएको छ भने ३ हजार ७ सय ३८ जनालाई निशुल्क आइसोलेसनमा राखिएको छ । तीन महिना अघि एउटा पनि कोरोना परीक्षण गर्ने अस्पताल थिएन । अहिले २२ ओटा पुर्याइएको छ ।

हो स्रोत साधनको सिमितता र आवश्यक सामाग्रीको अभावले सरकारले सवै नागरिकको पिसिआर परीक्षण गर्न सकेको छैन । सरकारले असार १५ सम्ममा आवश्यक सामाग्री ल्याएर प्रतिदिन १० हजारको पिसिआर गर्ने बताएको छ । तर सरकारले जनताको जीवन जोगाउन गरेको प्रयाशलाई कसैको इसारामा लागेर जनता भडकाउँदै सडकमा ल्याउने काम नेपालको हित चाहनेहरुबाट पक्कै भएको मान्न नसकिने आम बुद्धिजिवीहरुकको बुझाइ छ ।