जनता टाइम्स

३० जेष्ठ २०७७, शुक्रबार ११:४१

सरकारविरोधी आन्दोलनमा भारतीय मिडियाको समर्थन, ‘प्रर्दशनकारी भन्छन् : असफलता लुकाउन सरकारले सीमा विवाद उचाल्यो’ (भिडियोसहित)


काठमाडौं, जेठ ३०

कोरोनाको संक्रमणलाई चुनौति दिदै सडकमा सरकारविरोधी आन्दोलन गरिरहेको समुहलाई भारतीय सञ्चारमाध्यमले समर्थन गरेका छन् । भारतको सरकारका प्रशंसक रहेका मिडियाहरुले यी आन्दोलनलाई समर्थन गरेका हुन् ।

भारतीय टेलिभिजन आजतकको अर्को च्यानल तेजबाट प्रशारण हुने एक चर्चित शो ‘द ललनटप शो’का कार्यक्रममा प्रस्तोता सौरभ द्विवेदी भन्छन्, ‘यी प्रर्दशनकारीको भनाई छ कि नेपालका प्रधानमन्त्री कोरोना रोक्न सक्षम छैनन् र सरकारको असफलता लुकाउनका लागि भारतसँग सीमा विवाद उचालिरहेका छन् ।’ प्रस्तोताले भारतको समर्थनमा रहेकी सांसद सरिता गिरीमाथी पनि सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले आक्रमण गरेको बताएका छन् । यस्तो छ सो भिडियो

यसैगरी एविपी न्युजले पनि आन्दोलनकारीले सरकारविरुद्ध आन्दोलन शुरु गरेको विषयलाई प्रमुखताका साथ उठाएको छ । उसले भारतविरुद्धको नक्सा निकालेपछि नेपालमा जनआक्रोश जस्तो शब्द प्रयोग गरेको छ ।

आन्दोलनकारीका केही माग राम्रापनि छन् । जुन सरकारले कार्यन्वयन गरिरहेको छ भने कतिपय विषयवस्तु बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेर कार्यन्वयन गरिरहेको छ । तर, नेतृत्व लुकाएर गरिएको आन्दोलनले कोरोना महामारी बाहेक केही पनि उपलब्धी हासिल नहुने देखिएको छ ।