जनता टाइम्स

३१ जेष्ठ २०७७, शनिबार १०:४४

आन्दोलनका नाममा अराजकता र अश्लिलता प्रर्दशन, यही हो नेपालको युवा !


काठमाडौं, जेठ ३१

एउटा समूह बनाए पछि त्यसलाई सफल नेतृत्व दिन नसकेर रातारात दुलो भित्र छिर्ने सामाजिक अभियान्ताहरु स्वयमले देशले सक्षम नेतृत्व पाएन भन्दै आन्दोलनको आगो सल्काउनु यतिबेला भद्दा मजाक भयो ! अलिकति चेत त पक्कै खुल्यो होला “बाटोमा अश्लिल नारा लगाएर कराए जस्तो सजिलो कुरा होइन नेतृत्व लिन” भलै जनसहानुभुती\ भोट बटुलेर त्यसको दुरुपयोग गर्न नेताहरु एक नम्बर मा होलान तर याहा २ नम्बर वाला को पनि कमि छैन ! अनि आन्दोलन भन्ने बित्तिकै त्यसको बारेमा राम्रो संग नबुझी रातारात देश बनाउन आन्दोलनको भुङ्ग्रोमा हाम फाल्ने सम्पुर्ण शिक्षित युवा जमातलाइ……….. शब्दै भेटिन !!

पछिल्लो केही दिनदेखी राजधानी काठमाडौं लगायत देशका केही शहरमा कोरोनाको महामारीका बीचमा भईरहेको आन्दोलनका विषयमा सामाजिक सञ्जालमा राज गौतमले पोखेको विचार हो यो । उनको स्टाटस यतिबेला आएको छ । जब मुख छोपेर प्रर्दशनमा उत्रिएको समुहले आन्दोलनमा सहभागी जुटाउन प्रयोग गरेको सामाजिक सञ्जालको ग्रुप ‘आरकाइभ’मा राखिएको छ ।

समूहका एडमिन विवेकशील दलका केन्द्रीय सदस्यपनि रहेको खुलेको छ । युवाको नाम दिएपनि यो समुह शुरुमा विवेकशील पार्टीले सञ्चालन गरेको र यसमा पछिल्लो समय सरकारको विरुद्धमा रहेका पार्टीका युवाहरु मुखमा मखुण्डो लगाएर उत्रिएका छन् । समूहमा रहेका सुरक्षा पन्त, निशा अधिकारी, नगमा श्रेष्ठसहित मूल एडमिन आलोक सुवेदीसहितको एडमिन लिस्ट नै अहिले लुकाइएको छ ।

तर, गजबको कुरा के छ भने युवाहरुले आन्दोलन गरेको बताएपनि उनिहरुका माग भने समुहपिच्छे फरक फरक रहेका छन् । आम जनताले आज संसदबाट ऐतिहासिक नेपालको नक्सा पास हुने भएकाले राष्ट्रको नाममा सँगै रहनुपर्ने बेला पनि आन्दोलन शुरु भएको छ । यसले कसलाई फाइदा पुग्ने हो त्यो आन्दोलनकारीले जवाफ दिनुपर्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा भने यो आन्दोलनमा बोकेका प्ले कार्डले यी समुहको विचार प्रतिनिधित्व गर्दछ । तपाईहरु आफै पढ्नुहोस् के लेखिएको छ यी प्ले कार्डमा । युवाहरुले सभ्य देशका हामी शिक्षित नागरिक हौं भन्न यस्तै प्ले कार्ड जस्तै विचार बोक्नुपर्ने हो ।