जनता टाइम्स

३१ जेष्ठ २०७७, शनिबार ११:१६

खुल्यो नेपालबिरोधी बिदेसी ग्य्राण्डडिजाइनको पोल : आन्दोलनमा विदेशी नागरिक सहभागी


काठमाडौं, जेठ ३१

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन भन्दै गरेको सरकारविरोध प्रर्दशनमा विदेशीको समेत सहभागीता रहेको खुलेको छ । संविधानमा नेपालको नक्सा समेटिने दिनमात्रै प्रर्दशन नगर्न गरिएको आमसर्वसाधारणको आग्रह विपरित उनिहरुले शनिबार पनि काठमाडौंमा प्रदर्शन शुरु गरेका छन् ।

माइतीघर क्षेत्रमा गरिएको प्रर्दशनमा १० अर्बको हिसाब मागलाई प्रमुख मुद्दा बनाएका छन् । तर, सरकारले सो हिसाबकिताब पारदर्शी तरिकाले सार्वजनिक गरिसकेको छ । त्यसको विस्तृत विवरण भने सरकारी आधिकारिक हिसाब राख्ने संस्था महालेखा परिक्षकले सार्वजनिक गर्नेछ ।

तर, सो समुहले गरेको प्रर्दशनबाट आज चार जना विदेशी नागरिक समेत पक्राउ परेपछि रहस्य थप खुल्दैछ । कसको प्रायोजनमा आन्दोलन भईरहेको छ भन्ने कुरा शुक्रबारबाट सो समुहमा देखिएको मतभेदबाट पनि प्रष्ट हुन थालेको छ । विगतमा संविधान जारी हुँदा नेपाललाई भारतले लगाएको नाकाबन्दीको समर्थन गर्ने समुह, नेपालमा कम्युनिष्ट सरकार आएको भन्दै विरोध गर्ने संघसस्थाहरुका प्रतिनिधि सहभागी हुन थालेको खुलेको छ ।

जसले गर्दा यो आन्दोलनको नेतृत्व कसले लिएको भनेर अहिलेसम्म पनि खुलाउन सकेका छैनन् । युवाले भनिएको आन्दोलनमा कुनै नेतृत्व नहुनु भनेको बेलगाम विनाको घोडा जस्तै हो । प्रदर्शनस्थलबाट चार जना विदेशी नागरिक र एक जना नेपालीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकालाई नगर प्रहरीमा राखिएको छ ।

प्रहरी स्रोतका अनुसार प्लेकार्ड बोकेरै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघरमण्डलबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च नागरिक रहेका छन् । ती विदेशी नागरिकहरुसँगै अन्य केही नेपालीलाई पनि प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । नेपालको कानुनले विदेशी नागरिकलाई कुनै पनि राजनीतिक सभा, सम्मेलन र प्रदर्शनमा भाग लिन निषेध गरेको छ ।