जनता टाइम्स

३१ जेष्ठ २०७७, शनिबार १५:०८

राष्ट्रिय अखण्डताको विषयमा सबै नेपाली एक ठाउँमा छन : देउवा


काठमाडौं, जेठ ३१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जहाँ भए पनि राष्ट्रिय अखण्डताको विषयमा सबै नेपाली एक हुने बताउनुभएको छ ।

निशान छापमा समेटिएको नेपालको नक्सा परिवर्तनका लागि हुन लागेको संविधान संशोधनको दफावार छलफलमा सहभागी हुँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति देउवाले यस्तो बताउनु भएको हो ।

‘नेपाली जनसुकै ठाउँमा भए पनि राष्ट्रको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि एक हुन्छन,’ देउवाले भन्नुभयो । उहाँले संशोधन प्रस्तावलाई कांग्रेस केन्द्रीय समिति र संसदीय दलले पूर्ण समर्थन गर्ने निर्णय गरेको जानकारी पनि दिनुभयो । नेपाली भूमिको रक्षार्थ हुन लागेको संबिधान संशोधनमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता भएको आफ्नो निश्कर्ष सुनाउनु भयो ।