जनता टाइम्स

३२ जेष्ठ २०७७, आईतवार ११:२८

सरकार तिम्रो कर्मले छाती फुल्छ गर्वले (फोटोफिचर)


झापा, जेठ ३२

भारतले हडपेको भूमि समेटेर जारी भएको नक्सालाई समेटेको निशान छापलाई संविधानमा समेट्ने गरी प्रतिनिधिसभाबाट सर्वसम्मत स्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा खुशियाली मनाइएको छ ।

सरकारले सीमा रक्षाका लागि चालेको कदमप्रति जनस्तरबाट व्यापक समर्थन भईरहेका बेला झापामा भने ‘सरकार तिम्रो कर्मले छाती फुल्छ गर्वले’ भन्ने अभियान चलेको छ । संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित गरेपछि त्यसको समर्थनमा झापाका विभिन्न स्थानमा शनिवार साँझ दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलनमा सहभागीले भारतीय हस्तक्षेपविरुद्ध चर्को नारावाजी गरेका छन् । उनीहरुले जनताको सरकार जिन्दावाद भन्दै ‘सरकार तिम्रो कर्मले छाती फुल्छ गर्वले’ लगायतका नारा पनि लगाएका छन् ।

यसैगरी देशका विभिन्न भागमा पनि शनिवार साँझ दिप प्रज्वलन गरिएका छन् ।