जनता टाइम्स

३२ जेष्ठ २०७७, आईतवार २१:५८

नोभेम्वरमा विवाह गर्ने तयारीमा थिए सुशान्त


नयाँ दिल्ली, जेठ ३२

बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुत नोभेम्बरमा विवाहको तयारीमा रहेको खुलेको छ । आइतवार आफ्नै निवासमा आत्ममहत्या गरेका उनि विवाहको तयारीमा रहेको उनको परिवारले जनाएको छ ।

यद्यपी परिवारले कोसँग विवाह गर्न लागेको भनेर खुलाएको छैन । उनका आफन्त पन्ना सिंहले दिएको जानकारी अनुसार विवाहका लागि नोभेम्बरमा मुम्बाई जाने तयारीमा थियो । सुशान्तको परिवार विहारको पटनामा बस्दै आएको छ ।

सुशान्तका पिता सोमबार ११ बजे मुम्बई गएपछि उनको अन्तिम संस्कार गरिने भएको छ । प्रहरीका अनुसार अहिलेसम्म आत्महत्याको कारण खुलेको छैन । ३६ वर्षीय सुशान्त डिप्रेसनको उपचार गराइरहेका थिए । उनले सबैभन्दा अन्तिम पटक सोसल मिडियामा आफ्नी दिवंगत आमाको सम्झनामा लेखेका थिए । जुन यस्तो थियो