जनता टाइम्स

१ असार २०७७, सोमबार १०:४८

काठमाडौं प्रवेशमा थप कडाइ, यस्तो छ नयाँ ब्यवस्था


काठमाडौं, असार १ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरेको छ। काठमाडौं बाहिरबाट उपत्यका प्रवेश गर्न चाहनेको संख्या बढन थालेपछि जिल्ला प्रशासनले अब पास लिन सम्बन्धित स्थानीय तहको स्वीकृति लिनुपर्ने ब्यवस्था गरेको छ।

‘काठमाडौं जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ, सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमतिसहित यात्रा सुरू गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु हुन,’ प्रशासकीय अधिकृत मानबहादुर बुढाले आइतबार सूचना जारी गर्दे भन्नुभएको छ । यस्तै काठमाडौं उपत्यकाबाट बाहिर जान प्रशासन कार्यालय काठमाडौंमा प्रयोजन खुल्ने कागजात पेश गर्नुपर्ने ब्यवस्था गरिएको छ ।

‘सरकारी वा संस्थागत कामका काठमाडौं बाहिर जानुपर्ने भए सम्बन्धित संस्थाको सिफारिस पत्र सहित यस कार्यालयमा सम्पर्क राख्नु हुन,’ सूचनामा भनिएको छ। काठमाडौंमा भने सवारी पास नचाहिने जिल्ला प्रशासनले जनाएको छ। ‘जिल्लाभित्र जोर र बिजोर प्रणाली लागू भइसकेकोले काठमाडौं जिल्लाभित्रको लागि सवारी पास हाललाई बन्द गरिएको सूचनामा उल्लेख छ ।