जनता टाइम्स

१ असार २०७७, सोमबार १३:४५

कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट : नयाँ गाडी नकिन्ने, बैठक भत्ता र खाजा खर्च कटौती


सुर्खेत, असार १ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत वर्षको भन्दा करिव ५० करोड कम आकारको बजेट ल्याउनु भएको हो ।

प्रदेशसभामा आज बजेट पेश गरिएको बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विजियोजन गरिएको छ । बजेटमा आगामी आर्थिक वर्ष करिव ६ प्रतिशत आर्थिक बृद्धिद्धर हासिल गर्ने लक्ष्य राखिएको छ । बजेटमा कर्णाली प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधा कटौती गरेको छ । बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री ज्वालाले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक र जोखिम भत्ता र खाजा खर्च कटौतीको घोषणा गर्नुभएको हो ।

यस्तै नयाँ संगठन संरचना स्थापना नगर्ने र एम्बुलेन्सबाहेक सवारी साधान पनि खरिद नगर्ने बजेटमा उल्लेख छ । कर्यालय सञ्चालन, मर्मत, इन्धन, फर्निचर र विभिन्न शीर्षकको खर्चमा पनि करिव ६० प्रतिशत कटौती गरिएको छ ।

बजेटमा कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि १ अर्ब ५५ करोड बजेट छुट्याएको छ । प्रदेश अस्पतालमा २ सय आइसोलेसन सेन्टर, ४० आईसीयू र २० भेन्टिलेटर बनाएइनेछ भने हरेक जिलामा कम्तिमा ५० आइसोलेसन बेड, १० आईसीयू र ५ भेन्टिलेटरसहित सघन उवचार कक्ष बनाउन बजेट छुट्याएइको छ ।यसैगरी प्रदेश अस्पताललाई ३०० शैयाको शिक्षक अस्पताल बनाउन, राकम कर्णालीमा ट्रमा अस्पताल स्थापना गर्ने लगायतका कार्यक्रम पनि बजेटमा छ ।