जनता टाइम्स

२ असार २०७७, मंगलवार ०८:२३

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२३ पुग्यो


 

काठमाडौं,  असार २ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ । मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ति अनुसार थप १८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या २२३ पुगेको हो । निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माका अनुसार गोरखाका १०, स्याङ्जाका ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका छन् ।

गोरखामा संक्रमण देखिएका १० जनामध्ये गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र ३१ वर्षीया एक महिला तथा बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुष छन् । स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पूर्वी नवलपरासीको विनयत्रिबेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक–एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको शर्माले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।