जनता टाइम्स

२ असार २०७७, मंगलवार १४:२९

असार मसान्तसम्म सवारी करमा जरिवाना नलाग्ने


काठमाडौं, असार २

चैत ११ गतेदेखि असार मसान्तसम्म कुनै पनि सवारी करमा जरिवाना नलाग्ने भएको छ । सरकारी कार्यालय असार १ गतेदेखी खुलेपनि सवारी करका विषयमा कुनै निर्णय नभएपछि कतिपय कार्यालयले जरिवाना लिएका थिए ।

बाग्मती प्रदेशले चैत ११ देखि असार मसान्तसम्म कुनै पनि प्रकारको सवारी करमा जरिवाना नलिने भएको हो । अनुमती पत्रको म्याद नाघेको जरिवाना, सवारी कर, अन्य दस्तुर तथा जरिवाना नलिने निणर्य भएको भौतिक पूर्वाधार विकाश मन्त्रालय, बाग्मती प्रदेशका सचिव तेजराज भट्टले जानकारी दिनुभयो ।

मन्त्रालयले आज यातायात व्यवस्था कार्यालयहरुमा पत्र पठाएको छ । विभिन्न यातायात कार्यालयहरुले सूचना नै जारी गरेर यी विषयमा स्पष्ट निर्देशन प्राप्त नभएको कारण सवारी चालक अनुमती पत्र वितरण बाहेक अन्य कार्य नहुने जनाएका थिए ।