काठमाडौं, असार २ । लकडाउनपछि कार्यालय खुलेको भोलिपल्टै मालपोतका ६ जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन । मालपोत कार्यालय डिल्लीबजारका प्रशासकीय अधिकृत रघु कँडेलसहित ६ जना कर्मचारीलाई घुस लेनदेन गर्दागर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई आज साँझ कार्यालयबाटै पक्राउ गरेको हो । स्रोतका अनुसार मालपोट कर्मचारीले गोंगबुको ३ रोपनी जग्गा कित्ताकाटका लागि प्रतिआना २ लाखका दरले घुस मागेका थिए ।
सेवाग्राहीले अख्तियारसँग सम्पर्क गरी ८ लाख २० हजार घुस दिएपछि कँडेलसहित ६ जना पक्राउ परेका हुन । घुससहित पक्राउ परेका सवैको अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्