जनता टाइम्स

४ असार २०७७, बिहीबार २१:४०

अद्यावधिक नक्साले संवैधानिक मान्यता पाएको खुशीयालीमा प्रधानमन्त्री ओलीद्वारा निवासमा दिपावली


काठमाडौं, असार ४

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा राखिएको निसान छापले संवैधानिक मान्यता पाएपछि निवासमा दिपावली गर्नुभएको छ । संविधान संशोधन विधेयक राष्ट्रपतिबाट विहिवार प्रमाणीकरण भएपछि उहाले सोही साँझ आफ्नो सरकारी निवास बालुवाटारमा दीपावली गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीसँगै अर्थ तथा सूचना तथा संञ्चारमन्त्री डा. युवराज खतिवडाले पनि सँगै दीपावली गर्नुभएको थियो । बालुवाटारमा रहेको निवासको वरिपरि उहाले मैनवत्ति लागेर खुशियाली साट्नु भएको थियो ।

नेपालको अद्यावधिक नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गर्ने विधेयक जेठ ३१ गते प्रतिनिधिसभाबाट पारित भएको थियो भने बिहीवार राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको थियो । बिहीवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान दोस्रो संशोधन विधेयकलाई प्रमाणीकरण गरिसक्नु भएको छ ।