जनता टाइम्स

६ असार २०७७, शनिबार ००:५०

भत्कियो डिल्लीबजार कारागारको पुरानो भवन


काठमाडौं, असार ६ । डिल्लीबजारको चारखालस्थित कारागारको पुरानो भवन भत्किएको छ । शुक्रबार राती डिल्लीबजार कारागारको मुख्य भवन छिर्ने गेटसँगै रहेको पुरानो भवन भत्किएको हो ।

घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २०७२ सालको भूकम्पले क्षतिग्रस्त डिल्लीबजार कारागारको पुरानो भवन केही दिनदेखि परेको वर्षाका कारण भत्किएको हो ।

भवन भत्किँदा केहीबेर सडक अवरुद्ध भएको र एक्स्काभेटर प्रयोग गरी बाटो खुलाइएको छ ।