जनता टाइम्स

६ असार २०७७, शनिबार ०७:३४

कोरोना अपडेट: संक्रमितको संख्या ८७ लाख ५७ हजार नाघ्यो , ४६ लाख २० हजार २८३ निको


काठमाडौं, असार ६ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर संक्रमित हुनेको संख्या ८७ लाख ५७ हजार ३ सय ३४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख ८० हजार ३६१ जना संक्रमित भएका छन् । यो विश्वभर एकै दिन भएको संक्रमणको सर्वाधिक संख्या हो ।

विश्वभर एकै दिन १ लाख ११ हजारभन्दा बढी निको भएका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म  उपचारपछि निको हुनेको संख्या ४६ लाख २० हजार २८३ पुगेको छ ।

यो संख्या शुक्रबार विहानको तुलनामा १ लाख ११ हजार २८ ले बढी हो । शुक्रबारसम्म निको हुनेको संख्या ४५ लाख ९ हजार २५५ थियो ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ५९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार ८१३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ८६ हजार ९३४ जनाको मृत्यु भएको छ ।

२२ लाख ८३ हजार ९६ जना संक्रमित भएकोमा १२ लाख ३५ हजार ८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५१ हजार ८५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख ५२ हजार २८५ पुगेको छ । त्यसमध्ये ११ लाख ८२ हजार ७५२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४६ हजार ३६३ जनाको मृत्यु भएको छ । १८ लाख १६ हजार ३१७ जना संक्रमित भएकोमा ११ लाख ४३ हजार १५२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६८ हजार ८१० जनाको मृत्यु भएको छ । १७ लाख ९२ जना संक्रमित भएकोमा ९ लाख १५ हजार ७७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार ७१३ जनाको ज्यान गएको छ भने २ लाख ८८ हजार ८१२ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ३५ हजार १७६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार २३ जना संक्रमित भएकोमा ८ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् ।