जनता टाइम्स

७ असार २०७७, आईतवार १५:२६

नागरिकताबारे कांग्रेस साँसदले राखे ५ बुँदे फरक मत : बिदेसी बुहारीलाई बिहे दर्तासँगै नागरिकताको पक्षमा अडान


काठमाडौं, असार ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा फरक मत राखेको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अज भएको छलफलमा कांग्रेस सांसदहरू दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, अमरेशकुमार सिंह, डिला संग्रौला पन्त, मीना पाण्डे र विनोद चौधरीले फरक मत दर्ता गराउनु भएको हो । कांग्रेस सांसदहरुले नेपाल नागरिकता ऐनको संशोधन सम्बन्धमा भन्दै समितिमा फरक मत राखेका हुन ।

यसअघि आइतबार बिहान बसेको कांग्रेस नेताहरूको बैठकले अंगीकृत नागरिकताबारे अहिलेकै व्यवस्था कायम राख्नुपर्नेमा जोड दिएको थियो । सोहीअनुसार कांग्रेस सांसद नागरिकता ऐनमा बिपक्षमा उभिएका हुन । कांग्रेस सांसदहरुले आफ्नो फरक मतमा हाल राज्य व्यवस्था समितिमा प्रस्तावको रुपमा आएको र सत्तारुढ नेकपाले सहमति गरेको वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव यसअघि दलीय सहमतिमा बनेको नागरिकता ऐन २०६३ को विपरीत रहेको जिकिर गरेका छन ।

नागरिकतामा गरिने नयाँ व्यवस्थाले संवैधानिक, सामाजिक र पारिवारिक जटिलता देखिने कांग्रेसको भनाइ छ ।

यस्तो छ कांग्रेस सांसदको फरक मत