जनता टाइम्स

७ असार २०७७, आईतवार १५:३०

सकियो सूर्यग्रहण : काठमाडौं र महाकाली नदी किनारबाट यस्तो देखियो सूर्यग्रहण (फोटोफिचर)


काठमाडौं, असार ७

नेपालसहित विभिन्न देशबाट आइतबार देखिएको खण्डग्रास सूर्यग्रहण सकिएको छ । खग्रास नभए पनि आइतबारको ग्रहणको मध्य समयमा सूर्यको अधिकांश भाग छोपिएर कालो देखिएको छ । ग्रहणको मध्य समय दिउँसो १२ बजेर ३८ मिनेट जाँदा सूर्यलाई चन्द्रमाले अधिकांश रुपमा ढाकेको हो । यसैक्रममा काठमाडौं र कञ्चनपुरको महाकाली नदी किनारबाट आइतबार देखिएको सूर्यग्रहण यस्तो रहेको छ ।