जनता टाइम्स

८ असार २०७७, सोमबार १२:४९

सुनको मूल्य लगातार वृद्धि, आज प्रतितोला ४ सय बढ्यो, यस्तो छ आजको बजार भाउ


काठमाडौं, असार ८

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय ६५ र चाँदीको मूल्य प्रतितोला ९ सय ५० रुपियाँ निर्धारण गरिएको छ । सुनको मूल्य दिनदिनै उकालो लाग्दै आएको छ । आजपनि सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ बढेको हो ।

हिजो अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपियाँ बढेर छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपियाँ, तेजावी सून प्रतितोला ९० हजार १ सय ६० र चाँदी प्रतितोला ९ सय ४० रुपियाँमा कारोबार भएको थियो ।