जनता टाइम्स

८ असार २०७७, सोमबार १८:५३

पाल्पाको सम्मोबारीमा पहिरोले चार वटा गाडी बगायो, २ जनाको शव भेटियो


पाल्पा, असार ८

तानसेन नगरपालिका–११, सम्मोबारीमा पहिरोले चार वटा गाडी बगाएको छ । पाल्पा–गुल्मी सडक खण्डमा सोमबार दिउँसो पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको ४ वटा सवारी साधन बगाउँदा २ जनाको शव फेला परेको छ । ३ जना घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ ।

पहिरो खस्दा एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको हो ।  लु १ ख १९२८ टं्याकर, लु १ ख १३७६ निलो ट्रक र लु १ च ७०११ नम्बरको कार पुरिएको प्रहरीले जानकारी दिएको छ । अहिले उद्धारका लागि प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा खटिएका छन् । एउटा गाडी पहिरोमा तल पुगेकाले त्यसमा के कति यात्रु छन् भने जानकारी नभएको र माथिबाट पहिरो खस्ने क्रम नरोकिएका कारण उद्धारमा कठिनाइ भइरहेको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।