जनता टाइम्स

८ असार २०७७, सोमबार १९:४५

नागरिकतामा गलत उमेर राखि बर्षौदेखि सामाजिक सुरक्षा भत्ता लिदै एक दम्पति


काठमाण्डौं, असार ८ गते । सिरहाको लहान नगरपालिका बस्ने एक दम्पतीले नागरिकतामा गलत उमेर राखेर सामाजिक सुरक्षा भत्ता लिदै गरेको पाइएको छ ।

लहान नगरपालिका वडा नं. २० (साविक ब्रम्हान गोरछारी वडा नं. ९) बस्ने दम्पती शिबशंकर महतो र मिना देवि महतोले नागरिकतामा अपत्यारिलो उमेर बढाएर करिब ५ बर्ष भन्दा बढी देखि लहान नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता लिइरहेको हो ।

करिब ५५ बर्षको शिवशंकर महतो र करिब ५० बर्षकी मिना देवी महतोको उमेर सामाजिक सुरक्षा भत्ता तथ्यांकमा ७९ बर्ष पाइएपछि यो रहस्य बाहिर आएको हो ।

सामाजिक सुरक्षा भत्ता अन्तर्गत ज्येष्ठ नागरिकलाई प्रदान गरिदै आएको भत्ताको तथ्यांकमा दुवै जनाको जन्ममिति अनुसार हालको उमेर ७९ बर्ष देखिन्छ । पति पत्नी दुवै जनाको जन्ममिति वि.सं. १९९८ उल्लेख छ । सोही जन्ममितिको आधारमा दुवै जनालाई ज्येष्ठ नागरिक भत्ता प्रदान गरिदै आएको लहान नगरपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने आधार नेपाली नागरिकताको प्रमाण-पत्र भएको र दुवै जनाको नाएगरिकता अनुसार ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बर्ष ७० पुगिसकेकोले दुवै जनाले रकम पाइरहेको नगरपालिकाले जनाएको छ । लहान नगरपालिकाले शिबशं‌कर महतो(नागरिकता न‌ं. ९१००७१९) को रकम लहानस्थित NCC बै‌‍‍कको खाता न‌ं. ०१८००००२४३०१० र मिना देवी महतो(नागरिकता न‌ं. १५३००७) को खाता न‌ं. ०१८००००२४२४१० मा जम्मा गर्ने गरेको बै‌क स्रोतबाट देखिन्छ । नगरपालिकाका अनुसार सामाजिक सुरक्षा भत्ता बैंक खातामा नै पठाइने गरिएकोले व्यक्तिलाई आफूहरुले नहेरिकन अप्यारिलो उमेर बारे नगरपालिकालाई थाह नहुने एक कर्मचारीले बताउनुभयो । उहाँले अपत्यारिलो उमेर नै हो भने दुवै जनालाई बोलाएर मानिस र उमेर अपत्यारिलो रहे/नरहेको हेरेर थप प्रकृया अगाडि बढाइने बताए । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता कार्डको नविकरण वडा कार्यालयमा हुने गरेकोले कार्डमा उल्लेख उमेर र व्यक्तिबारे वडा कार्यालयको कर्मचारीलाई थाह हुनुपर्ने यसबारे अनुसनुधान गर्छु ।

यसैगरी, सम्बन्धित वडाका वडा अध्यक्ष गणेश कुमार चौधरी दुवै जनाको उमेर गलत रहेको बारे आफूले समेत जानकारी पाएकोले बास्तविकताबारे सोधीखोजी हुने बताउनुभयो । तर नागरिकतामै गलत उमेर लेखाएको रहेछ भने नागरिकतासँग सम्बन्धित निकायले त्यसबारे अनुसन्धान गर्नुपर्ने उहाँको भनाई छ ।

पुष्टिको आधार

शिबशंकर महतो र मिनादेवी महतो बीच बि‍.स‌ं. २०४४ सालमा विवाह भएको थियो । जेठी पत्नीले बच्चा नपाउने भनी भारतको बौसी गाउँ निवासी मिना देवी महतोसँग शिवशंकर महतोले विवाह गरेका थिए । जेठी पत्नी एक छोरी पाएको अवस्थामा २०४५ सालको भुकम्पमा परी मृत्यु भएको स्थानीयहरुको भनाई छ । मिनादेवी महतोको नागरिकताको जन्ममिति वि.सं. १९९८ लाई आधार मान्दा २०४४ सालमा उनको बर्ष ४६ पुग्छ । चिकित्सकहरुका अनुसार कुनै महिलाको बर्ष ४६ पुगेर विवाह भएपछि सम्भवत: निजले बच्चा पाउँदैन । तर पाइहाले पनि बढी एउटा बच्चासम्म पाउन सक्छ । तर मिनादेवीको तीन छोरी र दुई छोरा गरी पाँच वटा बच्चा छन् । कान्छो छोराको अहिलेको उमेर धेरैमा २५ बर्ष पुगेको छ । नागरिकताको जन्ममिति अनुसार ७९ बर्षमा रहेको महिलाको पाँच वटा सन्तान मध्ये कान्छो छोराको उमेर २५ बर्ष मात्रै हुनुले पनि मिनादेवीको उमेर नागरिकतामा गलत रहेको पुष्टि हुन्छ । २०५४ सालको मतदाता नामावलीमा मीना कुमारी महतो कुशवाहा उल्लेख भएको उनको जन्ममिति २०२५/२/१० छ।

यसैगरी शिबशं‌कर महतोको जन्ममिति २०५४ सालको मतदाता नामावली २०२०/८/२१ उल्लेख छ तर उनको नागरिकतामा समेत जन्ममिति वि.सं. १९९८ उल्लेख छ । जवकी उनको करिब १५ बर्ष जेठो दाजु ठकाई महतोको जन्ममिति वि.सं. १९९७ हो । दाजु ठकाईको जन्ममिति २०५४ सालको मतदाता नामावलीमा वि.सं. १९९७/१०/१२ उल्लेख छ। शिबशंकर महतोको दाजु ठकाई महतोको करिब १५ बर्ष अगाडि नै मृत्यु भइसकेको छ।