जनता टाइम्स

१० असार २०७७, बुधबार ११:५२

नेकपा स्थायी कमिटी बैठक : यी हुन पाँच एजेण्डा


काठमाडौं, असार १० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको स्थायी कमिटी बैठकमा पाँच एजेण्डा तय गरिएको छ ।

बैठकको सूरुमै बर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकको सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले सम्बोधन गर्नुहुनेछ । अध्यक्षद्वयको मन्तब्यपछि दोस्रो एजेण्डाको रुपमा सरकारको कामका सम्बन्धमा एजेण्डा रहेको छ । सो एजेण्डामा कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, नेपालको सिमा समस्या र समाधान सम्बन्धमा र अन्य गरी तीन बिषय समावेश गरिएको छ । यसैगरी तेस्रो एजेण्डाका रुपमा पार्टी एकताका बाँकी कामहरु राखिएको छ ।

यसैगरी नेकपाभित्र निकै बिवादको बिषय बनाइएको एमसिसि का सम्बन्धमा चौथो एजेण्डा राखिएको छ भने पाँचौं एजेण्डाका रुपमा बिबिध राखिएको छ । स्थायी कमिटी बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच दुई दिन लगातार भएको छलफलमा सहमतिका साथ यी एजेण्डा तय गरिएको हो ।