जनता टाइम्स

११ असार २०७७, बिहीबार १७:५९

राजन खनालको नियुक्तिले अष्टलक्ष्मी शाक्यलाई तनाव


हैट कमरेड त सारै पो हुनुभएछ

काठमाडौं, असार ११ । पूर्व अर्थसचिव राजन खनालको नियुक्तिलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकमा सवाल जवाफ भएको छ । पूर्वअर्थसचिव खनालको योग्यताका आधारमा सरकारले गत साता नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

सरकारले गरेको सो नियुक्तिलाई लिएर बुधवारको बैठकमा नेकपाकी नेतृ तथा प्रदेश ३ की इञ्चार्ज अष्टलक्ष्मी शाक्यले कडा आक्रोश पोख्नुभएको हो । बैठकमा सहभागी एक नेताका अनुसार नेतृ शाक्यले राजन खनालको नियुक्तिलाई लिएर बैठकमा निकै आपत्ति जनाउनु भयो । ‘अष्टलक्ष्मी शाक्य कमरेडलाई राजन खनालको नियुक्ति पटक्कै चित्त बुझेको रहेछन, निकै आक्रोश पोख्नुभयो, उहाँलाई अयोग्य ब्यक्तिसम्म भन्न छाडनु भएन,’ ती नेताले जनताटाइम्ससँग भने ।

शाक्य केही समयअघि देखि राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध पनि शत्रुतापुर्ण अभिब्यक्ति दिँदै आउनु भएको छ । बागमति प्रदेशको संसदीय दलको निर्वाचनमा हालका मुख्यमन्त्री डोरमणि पौडेलसँग पराजीत हुनुभएपछि शाक्य मर्माहत बन्नुभएको थियो । त्यसयता युद्धमा होमिएका उहाँ दुई देशको सैनिक जसरी आक्रामक रुपमा प्रस्तुत हुँदै आउनु भएको छ । बुधवार सुरु भएको स्थायी समिति बैठकमा अध्यक्षले आफ्नो धारणा राख्नुअघि एजेण्डामा सुझाव भन्दै बोल्नुभएकी नेतृ शाक्यले स्टाफ कजेलमा खनालको नियुक्तिलाई लिएर आपत्ति जनाउनु भएको हो ।

‘हुँदाहुँदा स्पाट कलेजमा पनि यस्ता मान्छेलाई किन नियुक्ति गरिन्छ, के हो योग्यता ?’ शाक्यको भनाई उधृत गर्दै ती नेताले भने । काममा अब्बल र इमान्दार छवि बनाउनु भएका पूर्वअर्थसचिव खनालको नियुक्तिलाई लिएर नेता अमृतकुमार बोहोरासमेत रुष्ट बन्नुभएको ती नेताको भनाई छ । राजन खनाल जस्तो योग्य ब्यक्तिको नियुक्तिलाई लिएरसमेत शाक्यले यस्तो आक्रोश पोखेपछि केही नेताहरु भने मुसुमुस हाँसेर ‘हैट ! कमरेड त सारै पो हुनुभएछ’ भन्दै शाक्यकै खिल्ली उडाएका थिए ।