जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार १६:३३

प्रतिक्षा र सुदिपको अभिनय रहेको प्रताप दासको ‘हास्न मन’ बजारमा (भिडियोसहित)


काठमाडौं जेठ ९

नेपाल आइडल पहिलो सिजनका सेकेण्ड रनरअप प्रताप दासको स्वरमा ‘हास्न मन’ बजारमा आएको छ । मंगलबार राति सार्वजनिक भएको हास्न मनको म्युजिक भिडियोमा नायिका प्रतिक्षा खड्का र मोडल सुदिप धितालको अभिनय रहेको छ ।

प्रतिक्षाले यसअघि धेरै म्युजिक भिडियोहरुमा अभिनय गर्दै आउनुभएको छ भने चलचित्र टिनेजमा पनि उहाँको भूमिका छ । दमदार प्रस्तुती दिएका धिताल आफैको शब्द रहेको म्युजिक भिडियोको एरेन्ज वुद्ध सायमीले गर्नुभएको हो । भिडियोको निर्देशन फराज अर्पनले गर्नुभएको हो ।