जनता टाइम्स

१२ असार २०७७, शुक्रबार ११:५८

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी : यी सात एजेण्डामा सदस्यहरुले आफ्नो विचार राख्दै


काठमाडौं, असार १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । बुधवारबाट सुरु भएको स्थायी कमिटी बैठकमा आजबाट सदस्यहरुले एजेण्डामा केन्द्रित रहेर आफ्नो धारणा राख्ने क्रम सुरु भएको हो ।

बुधवारको बैठक एजेण्डा तय गरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले उदघाटन मन्तब्य राखेपछि आजसम्मका लागि स्थगित भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा स्थायी समिति सदस्यहरूले बैठकमा प्रस्तुत भएका एजेण्डामा केन्द्रित रहेर आफ्ना धारणा राखिरहेका छन । बैठकमा सरकारको काम, पार्टी एकताका बाँकी कामहरू, एमसिसी परियोजना, कोरोनालगायतका एजेण्डा रहेको छ ।

बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको संबोधन आइसकेकोले आजबाट थप एजेण्डामा सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेकपा स्थायी कमिटी बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा, सरकारको कामको समग्र समीक्षा सम्बन्धमा, पार्टी कामको समीक्षा र सांगठानिक एकतको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा, एममसीसी र बिबिध गरी सात एज्ेण्डा रहेको छ ।

यी हुन बैठकका सात एजेण्डा

१.वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको संबोधन ।
२.कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा ।
३. नेपालको सीमा समस्या र समाधान सम्बन्धमा ।
४. सरकारको कामको समग्र समीक्षा सम्बन्धमा ।
५. पार्टी कामको समीक्षा र सांगठानिक एकतको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।
६.एममसीसीका सम्बन्धमा ।
७.विविध ।
क.रूकुम घटना
ख.नागरिकता विधेयक र
ग. संघीय संसदका सदस्यहरूको भत्ता ।

बिबिधमा रुकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको बिषय समावेश गरिएको छ । बैठकबाट नेकपाले कोरोना अवधिभर संसद भत्ता नलिने निर्णय गर्ने अपेक्षा गरिएको छ । यसपटकको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन नभएकाले एजेण्डामात्रै तय गरिएको हो । स्थायी समिति बैठकमा नेताहरुले खुलेर आफ्नो धारणा राख्ने अपेक्षासँगै गुटगत तयारी पनि तीब्र बनेको छ ।