जनता टाइम्स

१३ असार २०७७, शनिबार १२:१०

सलह किराको एक झुण्ड भारतबाट नेपाल प्रवेश गर्यो


काठमाडौं, असार १३

नेपालको प्रदेश–२ का तीन जिल्लामा शनिवार विहानबाट सलह किरा प्रवेश गरेका छन् । भारतसँग सीमा जोडिएका बारा, पर्सा र सर्लाहीमा सहलको झुण्ड प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिनुभयो ।

कतो समुहमा प्रवेश गरेको भनेर थप अनुसन्धान गर्न विज्ञसहितको टोली सो क्षेत्रमा खटाइएको छ । हुमागाइँका अनुसार नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको बताउनु भयो । बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बीचमा सहलको झुण्ड प्रवेश गरेका हुन् ।

ठूलो संख्यामा नरहेको प्रारम्भीक जानकारी आएको र त्यसलाई नष्ट गर्ने तयारी भईरहेको केन्द्रले जानकारी दिएको छ । पश्चिमबाट पूर्व तिर बहेको हावा केही दिनअघि अचानक दक्षिणबाट उत्तर तिर बहेकाले सहलको झुण्ड तितरवितर भएर नेपाल आएको हुन सक्ने अनुमान गरिएको छ ।