काठमाडौं, असार १३
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सीमाका विषयमा सरकारले चालेको कदमको खुलेर प्रशंसा गरेका छन् । विगतका कुनै पनि सरकारले गर्न नसकेको काम वर्तमान सरकारले गरेको भन्दै प्रधानमन्त्रीसमेत रहुन भएका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्नुभएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठकमा २१ जना सदस्यले आ–आफ्नो धारणा राख्नु भएको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले सबै स्थायी कमिटी सदस्यहरूले नेपालको सम्पूर्ण भू–भाग समेटिएको नक्सा प्रकाशित गर्ने र संविधानको अनुसूचीसमेत संशोधन गरेर ऐतिहासिक पहल गरिएको र त्यसलाई राष्ट्रिय एकताद्वारा हाम्रो भूमि प्राप्त गर्नुपर्छ भन्ने धारणा राखेको बताउनु भयो ।
शनिवारको बैठकमा सदस्यहरू देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, सत्यनारायण मण्डल, रघुजी पन्त, टोपबहादुर रायमाझी, युवराज ज्ञवाली, नन्दकुमार प्रसाई, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत, बामदेव गौतम, योगेश भट्टराई, ईश्वर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, विष्णुपुकार श्रेष्ठ र पुष्प कंडेलले आफ्नो धारणा राख्नु भएको थियो । श्रेष्ठले अर्को बैठक आउने १६ गते ११ बजे बालुवाटारमै बस्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्