जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार १८:१९

प्रधानमन्त्री ओलीले टेलिफोन गरी मोदीलाई दिनुभयो बधाई र शुभकामना


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत जितका लागि बधाई दिनु भएको छ । मतगणना अन्तिम चरणमा पुग्दा विजेपी बहुमत ल्याउने स्पष्ट भएपछि प्रधानमन्त्री ओलीले टेलिफोनबाट बधाई दिनुभएको हो ।

टेलिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समुधुर हुंदै जाने विश्वास दुवै प्रधानमन्त्रीहरुले व्यक्त गरेको प्रधानमन्त्री ओलीले टिवटरमार्फत जानकारी दिनुभएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले पनि प्रधानमन्त्री ओलीले मोदीलाई फोन गरेको बधाई दिएको जानकारी गराउनु भयो । भर्खरै सम्पन्न आम निर्वाचनमा प्राप्त सफलताको लागि बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको रिमालले बताउनु भयो ।