जनता टाइम्स

१६ असार २०७७, मंगलवार १४:२८

मन्त्रालयको शाखामै एक्कासी मन्त्री छिरेपछि..


काठमाडौं, असार १६

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार आफ्नै मन्त्रालयका शाखा कोठामा छिरेर निरीक्षण गर्नुभएको छ । अधिकाशं मन्त्रीलाई भेट्न कमर्चारी उहाकै कोठामा जाने गरेपनि मंगलबार भने उहा आफै कर्मचारीका कोठा कोठामा पुग्नु भएको हो ।

मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्‍न शाखाहरुमा छड्के निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेको पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई के कारणले उपस्थित हुन नसकेको हो ? बुझेर नियमित कार्यालय समयमा उपस्थिति हुने ब्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

मन्त्री भट्टराईले कार्यालयको सरसफाई र लेआउटमा ध्यान दिनसमेत कर्मचारीहरुलाई आग्रह गर्नुभयो । मन्त्रिपरिषदको निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारीका लागि मन्त्री भट्टराईले विभिन्‍न शाखाका प्रमुखलाई निर्देशन दिनु भएको छ ।