जनता टाइम्स

१६ असार २०७७, मंगलवार १५:२९

नेकपाका नेतालाई राख्न अव बनाउनु पर्दैन मञ्च


काठमाडौं, असार १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा स्थायी समिति सदस्यहरुले एकपछि अर्काे गर्दै अध्यक्षसहित बरिष्ठ नेताहरुको अपमान गर्न थालेका छन । आफ्नो जिल्ला र प्रदेशमा जाँदा पिर्के सलामी खाने पूर्वमन्त्रीहरुले समेत अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डसहित सचिवालयका नेतामाथि मञ्चमा बसेको र कुर्सीको बिषयलाई लिएर लगातार अपमान गर्न थालेपछि आजबाट नेकपाका सवै सदस्यहरु बरावर देखिएका छन । स्थायी कमिटी बैठकमा अध्यक्षदेखि सचिवालय सदस्यसम्म बरावरको हैसियतमा रहेको फोटो सार्वजनिक भएसँगै अव नेकपामा सवै नेता कार्यकर्ताको हैसियत समान बनेको हो ।

स्थायी समितिका नेताहरुकै दवावका कारण प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सचिवालयका नेताहरु मञ्चबाट तल झर्नुभएको छ । आजको बैठकको सुरुमै नेताहरुले मञ्च छाडनुभएको हो । चौथो दिनको बैठकको सुरुवातमै नेताहरुले मञ्च छाडेर स्थायी कमिटी सदस्यकै लहरमा बस्न थाल्नुभएको छ । बैठकमा अगाडि पट्टी अध्यक्षद्वय ओली र प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम रहनुभएको छ । सचिवालयका अन्य चार सदस्य स्थायी कमिटी सदस्यकै लाइनमा बस्नुभएको छ ।

बैठककक्षको अग्रभागमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा उपाध्यक्ष बामवेद गौतम लहरै बस्नुभएको छ । स्थायी कमिटीका सदस्यहरु नै बस्ने लाइनको सुरुमा प्रवक्ता नारायणकाजी श्रेष्ठ बस्नुभएको छ भने त्यसपछि क्रमशः ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल बस्नुभएको छ । त्यसपछि अन्य स्थायी कमिटी सदस्यहरु रहेका छन । बैठकको सुरुमा दुई अध्यक्षलाई सोफाको व्यवस्था गरेर अग्रभागमा राखिएको थियो । त्यसपछि बरिष्ठ नेता र सचिवालयका सदस्यहरु हुनुहून्थ्यो । यो बिषयमा बरिष्ठ नेता नेपालले आपत्ति जनाएपछि सुरु भएको कुर्सी र मञ्चको बिवाद आजबाट सवै बरावरको हैसियतमा पुगेर रोकिएको छ ।

चर्को विरोधपछि सचिवालयका सबैजनालाई समान हैसियतमा कुर्सीको व्यवस्था गरिएको छ । आजको बैठकमा समान हैसियत कायम गर्नका लागि मञ्चको पनि विरोध भएपछि नेताहरु सुरुमै तल्लो भागमा ओर्लिनुभएको हो । स्थायी कमिटीमा देखिएको यो दृष्यसँगै नेकपाका सवै नेताहरुले मञ्चमा बस्ने हैसियत गुमाएका छन । कार्यकर्ताले अव कुनै पनि नेताका लागि मञ्च बनाउनु नपर्ने भएको छ । स्थायी समितिमा सवै नेता समानको अर्थ सवै नेता पार्टीको संगठित सदस्य र साधरण सदस्य पनि भएकोले अव नेकपाका सवै साधरण सदस्य स्थायी कमिटीका नेतासरह नै भएका छन ।

‘स्थायी समितिले जे काम गर्यो, अव कुनै पनि नेताका लागि मञ्च बनाउनु हुन्न, जनता र कार्यकर्तासँगै राखेर अवको कार्यक्रम बन्नुपर्छ,’ सचिवालयको दृष्य देखेपछि केन्द्रीय कमिटीका एक सदस्यले जनताटाइम्ससँग भन्नुभयो । ती नेताले अध्यक्ष र सचिवालयका नेताको अपमान गर्दा त्यस्को शिकार निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशमा कार्यकर्ताको फेला पर्नेछन ।