जनता टाइम्स

१६ असार २०७७, मंगलवार २२:०४

आदरणीय कमरेडहरु एकपटक आँफैलाई हेरौ : योगेश भट्टराई


काठमाडौं, असार १६

पर्यटनमन्त्री एंव नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेकपामा देखिएको विवाद संवादबाटै टुंगो लगाउनु आग्रह गर्नुभएको छ । उहाले सबै नेताले आफुलाई र अर्कोलाई बुझ्नुपर्ने भन्दै संवादबाहेक अर्को विकल्प नभएको बताउनु भएको हो ।

स्थायी कमिटीमा एजेण्डा विपरित राजिनामाको विषय आएपछि उहाले टाढा नजान नजिक आउँदै संबाद गरौ संबाद भन्नु भएको छ । उहाले सामाजिक सञ्जालमा भन्नु भएको छ, –
‘आदरणीय कमरेडहरु
एकपटक आँफैलाई हेरौ
अर्कालाई बुझौ
टाढा नजाऔ
नजिक आउँ
संबाद गरौ संबाद !’