जनता टाइम्स

१७ असार २०७७, बुधबार ०८:२३

भीम रावलले गरेका थिए भारतीय दुतावासका मान्छेसँग नेकपा नेताले होटलमा भेटेको खुलासा


काठमाडौं, असार १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले काठमाडौंको एक होटलमा भारतीय दुतावासका पदाधिकारी र नेकपाका नेताहरुबीच गाप्य छलफल भएको खुलासा गर्नुभएको छ । स्थायी कमिटी बैठकमा नेता रावलले यस्तो खुलासा गर्नुभएको हो ।

नेकपाका नेता रावलले असार १३ गतेको बैठकमा आफ्नो धारणा राख्दै हेटलको नामसमेत लिएर दुतावासका कर्मचारीसँग नेकपाका नेताहरुले भेट गरेको जानकारी आफूसँग रहेको बताउनुभएको हो । ‘काठमाडौंको … होटलमा हाम्रो पार्टीका नेताहरु र भारतीय दुतावासका मान्छे बसेर छलफल गरेको सूचना मसँग छ, किन र केका लागि त्यस्तो छलफल गरियो ?’ बैठकमा नेता रावलको भनाई थियो ।

रावलले स्थायी कमिटी बैठकमा दिएको सोही सूचनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले असार १४ गते भारत आफूबिरुद्ध लागेको र काठमाडौंको होटल होटलमा षडयन्त्र गरिरहेको बताउनु भएको थियो । ‘रावल कमरेडले निकै तथ्यका साथ नेकपाका नेता र दुतावासका मान्छे भेट भएको जानकारी बैठकलाई गराउनु भएको थियो, उहाँको त्यो सूचना भेरिफाइ गरेरै प्रधानमन्त्रीले बोलेको हुनुपर्छ,’ स्थायी कमिटीका एक नेताले जनताटाइम्ससँग भन्नुभयो ।