जनता टाइम्स

१७ असार २०७७, बुधबार १०:११

भारतीय मिडियाको दाबी : प्रधानमन्त्रीले राजिनामा नदिए माओवादी मन्त्रीले दिन्छन् सामुहिक राजिनामा


काठमाडौं, असोज १७

भारतीय सत्ताको पक्षमा समाचार पस्कदै आएका भारतीय मिडियाले नेपालले भारतविरुद्ध नक्सा जारी गरेपछि राजनीतिक संकट चुलिदै गएको बताएको छ । भारतीय मिडिया आजतकले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग बखेडा झिक्न नक्सा जारी भएपछि राजनीतिक संकट चुलिएको र नेकपाकै नेताले उनको विरोध गरेका छन् । उनिहरुले ओलीले भारतसँग सम्बन्ध खराब बनाएको आरोप पनि लगाएको उल्लेख गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले राजीनामा मागेको भोलीपल्ट यस्तो समाचार प्रकाशन गरेको हो ।

आजतकले अझ एक कदम अगाडी बढेर ओलीले राजीनामा नदिए पूर्व माओवादी खेमाका मन्त्रीले सामूहिक राजीनामा दिनसक्ने समाचार पनि प्रकाशित गरेको छ । स्थायी कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेकपाभित्रको राजनीति र रणनीतिबारे दिल्लीका मिडियामा हुबहु खबर आउने गरेको भन्दै असन्तुष्टि जनाईरहेका बेला यो खवर प्रशारण हुनुले केही तरंग भने पैदा भएको छ ।

आजतकले लेखेको छ, ‘प्रचण्डले ओलीको राजीनामा मागेका थिए, त्यसपछि राजनीतिक संकट गहिरिएको छ । अब खबर आएको छ कि ओलीले राजीनामा नदिए माओवादी खेमाका केही मन्त्रीले सामूहिक राजीनामा दिनसक्छन् ।’ पार्टी स्थायी कमिटीमा ओलीसँग बहुमत नभएकाले संसदीय दलमा बहुमत पुर्‍याउने कोसिस भइरहेको समाचारमा उल्लेख छ ।