जनता टाइम्स

१७ असार २०७७, बुधबार २२:१३

दुई अध्यक्ष एक ठाँउमा नउभिएको दिन एकता भाडिन्छ : सुवास नेम्वाङ


काठमाडौं, असार १७

नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्षले नै पार्टीभित्र देखिएको विवादको समाधान गर्नुपर्ने बताउनु भएको छ । उहाले विगतका दुई पार्टीका निर्वाचित अध्यक्षले नेकपा निर्माण गरेका कारण यसमा आएका संकट पनि दुवै जनाले मिलेर टार्नुपर्ने बताउनु भएको हो ।

स्थायी कमिटी सदस्य समेत रहनु भएका नेता नेम्वाङले एकता प्रक्रिया टुंगोमा पुगि नसकेको अवस्थामा एकले अर्कालाई अध्यक्ष छाड् भन्न नमिल्ने पनि स्पष्ट पार्नुभयो । पार्टीभित्र राजिनामाको विषय उठेपछि उहाले त्यसविषयमा प्रतिक्रिया दिदै दुई अध्यक्ष एकै ठाउमा नउभिएको दिन एकता भाडिने चेतावनी दिनु भएको हो । ‘हाम्रा दुई अध्यक्षले एक ठाउमा उभिएर सहमति गर्नुको विकल्प नै छैन, दुई अध्यक्षले मिलेर एक ठाउमा उभिएर यो प्रक्रियाई यो ठाउसम्म ल्याएका हुन्’, नेता नेम्वाङले भन्नुभयो,‘दुई जना अध्यक्ष एक ठाउमा उभिएनन् भने त एकताको प्रक्रिया नै भाडिन पुग्यो नि । हाम्रा दुई अध्यक्षमध्येमा कसैले पनि त्यस्तो सोच्नु भएको छैन ।’

उहाले पार्टीभित्र विवाद र समस्या भएपनि छलफलबाटै यसलाई टुंगोमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।