काठमाडौं, असार १७
नेकपाका स्थायी कमिटी सदस्य भिम रावलले अगेनो रेष्टुरेन्टको भेला कुनै गुटको नभएको दावी गर्नुभएको छ । उहाले यो गुटको भेला नभई विहान प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेकाले आफुहरुले पनि छलफल गरेको बताउनु भयो ।
झम्सीखेलमा रहेको अगेनो रेष्टुरेन्टमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाले सहभागी सबैले पार्टीको निर्णयलाई मान्दै अगाडी बढ्ने निर्णय भएको बताउनु भयो । ‘यो कुनै गुटको भेला भएको होइन्, विहान प्रधानमन्त्रीले केही सदस्यसँग छलफल गरेकाले त्यहा के विषयमा कुराकानी भयो भनेर जान्नका लागि त्यहा सहभागी भएका सदस्यहरुसँग छलफल गरेका हौं’, नेता रावलको भनाई छ ।
उहाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीका बाँकी नेताहरुसग विहिवार विहान पनि छलफल गरिने जानकारी दिनुभयो । उहाले पार्टीको विधान, निर्णय र पद्दतिलाई सबैले मान्नु पर्ने आफुहरुको धारणा रहेको पनि बताउनु भयो । बैठकमा राजिनामाका विषयमा कुनै पनि छलफल नभएको बताउनु भयो । उहाले बैठकमा कति सख्या थियो भनेर आफुलाई एकिन नभएपनि ३० जना जति सहभागी भएको हुन सक्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्