जनता टाइम्स

१८ असार २०७७, बिहीबार ११:०१

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आव्हान


काठमाडौं, असार १८

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आव्हान गर्नुभएको छ । मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा सरकारका नियमित कामकारवाहीका विषयमा छलफल हुने बताइएको छ ।

एक मन्त्रीले दिएको जानकारी अनुसार बैठकमा सरकारका नियमित कामकारवाही र पछिल्लो अवस्थाका विषयमा छलफल हुनेछ । स्थायी कमिटी बैठक बस्नु अघि मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको हो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न नेताहरुसँग छलफलमा रहेकाले स्थायी कमिटी बैठक केही समय पछि धकेलिन सक्ने बताइएको छ ।