जनता टाइम्स

१८ असार २०७७, बिहीबार १४:२५

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको दुवै अधिवेशन अन्त्य, संसद सचिवालय पुग्यो शीतलनिवाशको पत्र


काठमाडौं, असार १८ । राष्ट्रपति बिद्यादेवी भण्डारीले संसदको अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले संसदको दुवै अधिवेशन आज ५ बजेबाट अन्त्य गर्नुभएको पत्र संसद सचिवालयमा पुगिसकेको छ । राष्ट्रपति भण्डारीले हस्ताक्षर गरी पठाउनु भएको पत्रमा भनिएको छ, ‘नेपालको संबिधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७÷३÷१८ को सिफारिशमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन संवत २०७७ असार १८ गते बिहीवारका दिन अपरान्ह ५ बजेदेखि अन्त्य गरेको छु ।’

सरकारले आजै साँझ पाँच बजेबाट संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । बैशाख २६ गते सरकारले कोरोना महामारीका बीच बजेट ल्याउनका लागि बजेट अधिवेशन आव्हान गरेको थियो । संसद अधिवेशन अन्त्य भएसँगै विवादमा परेको एमसीसी संसदबाट अनुमोदन नहुने भएको छ ।