जनता टाइम्स

१८ असार २०७७, बिहीबार १७:२७

विधानले अल्पमत वहुमत हैन, सहमति भन्छ : बाँस्कोटा


काठमाडौं, असार १८

नेपाल कम्युनिष्ट पार्टीका नेता एंव पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पार्टीको विवाद सहमतिले नै टुंगोमा लैजानुपर्ने बताउनु भएको छ । उहाले अल्पमत र बहुमतले नभई सहमतिका आधारमा समस्या समधान हुनुपर्ने बताउनु भएको हो ।

स्थायी कमिटी बैठकमा बहुमत र अल्पमतको खेल भईरहेका बेला उहाले नेकपा गणितले नभई पार्टी अध्यक्षको निर्णयले बनेको भन्दै स्मरण गराउनु भएको छ ।

उहाले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘म फेरि भन्छु– गणितले हैन, पार्टीअध्यक्षको निर्णयले नेकपा बनेको हो । विधानले अल्पमत वहुमत हैन सहमति भन्छ । महाधिवेशन गरौ, भोटिङ गरौ । आफ्नापाला नबजेको एक ब्यक्ति एक पदको नरसिङ्गा बाजा महाधिवेशनमै बजाउँ र स्थापित गरौ । अध्यक्ष, प्रम, सांसद, मन्त्री, केन्द्रीय सदस्य, सांसद, प्रदेश र जिल्ला नेता मेयर नबनौ ।