जनता टाइम्स

१९ असार २०७७, शुक्रबार ११:०६

भक्तपुरमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रर्दशन, राजनीतिक स्थिरता कायम गर्न माग


काठमाडौं, असार १९

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको इसारामा हटाउन लागिएको भन्दै भक्तपुरमा उहाको समर्थनमा प्रर्दशन भएको छ । स्वतन्त्र नागरिकको तर्फबाट गरिएको प्रर्दशनमा ओलीलाई काम गर्न दिन माग गरिएको छ ।

नेकपाभित्र पछिल्लो समय कुर्सीको राजनीति तातिरहेका बेला ओलीको समर्थनमा प्रर्दशन भएको हो । स्वतफूर्त रुपमा भएको प्रर्दशनमा नेपालका भारतीय दलाल मुर्दावाद, प्रधानमन्त्री ओली आजको लागि हैन भोलीको लागि, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, राष्ट्रिय स्वाधिनताको विरोधी होसियार, मान्छेको सान बोलिले, नेपालको सान ओलीले, सरकार फेर्न खोज्ने भारतीय मतियार जनता जाग्दैछन् होसियार, नागरिकता विधेयक पारित गर, देश बेच्न पाइदैन, ओली फाल्न पाईदैन, भारतीय दलाल होसियार, राजनीतिक स्थिरता कायम गर, बैदेशीक हस्तक्षेप वन्द गर लगायतका नारा लगाएका थिए ।