जनता टाइम्स

१९ असार २०७७, शुक्रबार १२:३५

झरीको प्रवाह नगरी पोखरामा प्रधानमन्त्रीको समर्थनमा प्रर्दशन


पोखरा, असार १९

‘प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउन पाइँदैन’ भन्दै पोखरामा झरीका बीचमा पनि प्रदर्शन भएको छ । चिप्लेढुङगा मानवअधिकार चोकमा उहाँको सर्मथकहरूले प्रदर्शन भएको हो ।

नेकपामा देखिएको विवादमा भारतले ओली सरकार ढाल्न लागेको आरोप प्रदर्शनकारीको छ । पाँच वर्ष ओलीलाई नै सरकार चलाउन दिने माग आयोजकको रहेको छ । ‘आजलाई होइन भोलिलाई, पाँच वर्ष ओलीलाई’ भन्दै प्रर्दशनीमा नारासमेत लगाएका थिए ।

आन्दोलनमा नेकपा कार्यकर्ता, युवा र विद्यार्थी सङ्गठनका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । चिप्लेढुङ्गाबाट नारा जुसुलसहित सुरु भएर मानवअधिकारचोकमा पुगी कार्यक्रम समापन भएको थियो ।