काठमाडौं, असार २१
सत्तारुढ दलभित्रको आन्तरिक कहललाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा दुई अध्यक्षबीच छलफल शुरु भएको छ । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भईरहेको छलफलमा दुवै पक्षबाट अरु चार जना दोस्रो तहका नेताहरुपनि सहभागी हुनु भएको छ । दुई अध्यक्षसँगै महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा जनार्दन शर्मा र वर्षमान पुन सहभागी हुनु भएको छ ।
शुक्रबार भएको वार्ता सकरात्मक रहेको बताएका नेताहरुले आज सहमति कायम हुन सक्ने बताएका छन् । सबै विषयमा खुलेर कुराकानी भएकाले एकतालाई थप बलियो बनाउन सक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्