जनता टाइम्स

२१ असार २०७७, आईतवार १९:११

पूर्वप्रधानमन्त्री भट्टराईद्वारा सुरक्षाकर्मीको दुरुपयोग ! आफ्नै छोरीको कपाल काट्न लगाए


काठमाडौं, असार २१

नेपालमा सुरक्षाकर्मीको पूर्वभीआईपीहरुले दुरुपयोग गरिरहेको खवर समय समयमा सार्वजनिक भईरहन्छ । कतिपयले घरायसी काममा लगाउने गरेको पनि देखिदै आएको छ । नेपाली राजनीतिमा यस्ता घटना नौला भने होइन् ।

तर, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको आफ्नो सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानलाई छोरीको कपाल काट्नसमेत प्रयोग गर्ने गरेको खुलेको छ । त्यो पनि भट्टराईकै पत्नी हिसिला यमीले खुलाउनु भएको हो ।

आइतबार भट्टराई पत्नी हिसिला यमीले आफ्नै छोरी मानुषी यमी भट्टराईको कपाल सशस्त्र प्रहरी बलका जवानले काट्दै गरेको फोटो आफ्नो फेसबुकबाट सार्वजनिक गर्नुभएको छ ।

उहाले फोटो पोस्ट गर्दै लेख्नु भएको छ, ‘मानुषीको कपाल एपीएफ भाइले काट्दै, जेकेन्द्र कपाल कटाइको निगरानी गर्दै ।’

पूर्वभीआईपीको सुरक्षामा खटिनेलाई कार्यविधि अनुसार घरको कुनै पनि काममा लगाउन पाइैदन । सामान्य तया सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई घरायसी कामका लागि प्रयोग गर्नु श्रमषोषण मानिन्छ । तर, अहिले यमीको फेसबुक पेजमा सो फोटो भेटिएको छैन ।