जनता टाइम्स

२२ असार २०७७, सोमबार १३:१०

सर्वेक्षणले देखायो प्रधानमन्त्री केपी ओलीकै पक्षमा दुई तिहाई जनमत : यस्तो छ अन्तिम परिणाम (सूचीसहित)


काठमाडौं, असार २२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध मोर्चावन्दी भइरहेको बेला प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाई जनमत देखिएको छ ।

पछिल्लो पटक गरिएको भोटिङ पोल को नतिजामा दुई तिहाई जनमत प्रधानमन्त्री केपी ओलीकै पक्षमा रहेको तथ्य उजागर गरेको हो । चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफ्नो कार्यक्रम सिधाकुरा जनतासँग भन्ने कार्यक्रममा मुलुकका स्वतन्त्र नागरिकको धारणा बुझ्न दुई प्रश्न राख्नुभएको थियो । लामिछानेले ताली र गाली अप्शन दिएर प्रश्न सोध्नुभएको थियो, प्रधानमन्त्री पदमा केपी ओली नै जसरी पनि हुनुपर्छ भन्नेले ताली र प्रधानमन्त्री पदमा केपी ओली अव चाँहि हुनुहुन्न भन्नेले गालीमा भोट दिनुहोला ।’

यो प्रश्नको अन्तिम नतिजा सार्वजनिक गर्दा ६७.४२ प्रतिशत जनताले प्रधानमन्त्री ओलीको पक्षमा मत दिएका हुन । यस्तै प्रधानमन्त्रीमा ओली हुनुहुन्न भन्ने पक्षमा ३२.५८ प्रतिशतले भोट गरेका छन । भोट गर्नेमध्ये अधिकांशले प्रधानमन्त्रीको समर्थन जनाएको लामिछानेले नतिजा सार्वजनिकको क्रममा बताउनु भएको छ ।

हेर्नाेस मत सर्वेक्षणको अन्तिम नतिजा

उहाँका अनुसार मतदानमा ६७.४२ प्रतिशत अर्थात २३ हजार ९३ जनाले ओलीको समर्थन गर्दै तालीमा र हुनुहुन्न भन्ने पक्षमा ३२.५८ प्रतिशत अर्थात ११ हजार १ सय ७५ जनाले मत दिएका छन । सो मतदानमा अधिकांश स्वतन्त्र नागरिक रहेका छन ।