वासिङ्टन, जेठ १०
चीन– अमेरिका व्यापार तनावका विश्वको आर्थिक गतिविधिलाई कमजोर बनाउने र उपभोक्ताका लागि मूल्य वृद्धि गर्ने हुँदा सन् २०१९ को अन्तर्राष्ट्रिय आर्थिक वृद्धि प्रभावित हुने चेतावनी अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले बताएको छ ।
श्व मुद्रा कोषका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले “व्यापार तनावका कारण अमेरिका र चीनका उपभोक्ताहरू त प्रभावित हुने छन्,” बताउनु भएको छ । उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कर वृद्धिको रकम तिरेकोको दावी गर्दै यसबाट अमेरिकी अर्थतन्त्र प्रभावित नहुने दावी गरेपनि गोपीनाथले ट्रम्पको दावी खण्डन गरे ।
गोपीनाथ तथा उनका सहयोगी अर्थशास्त्रीहरूले भनेका छन्, “यदि ट्रम्पले चीनबाट आयात गर्ने सामानमा थप कर वृद्धि गर्ने हो भने यसबाट विश्वको कुल ग्राहस्थ उत्पादनलाई करिब एक तिहाई प्रतिशत अङ्क कममा भारिदिनेछ ।” एएफपी
प्रतिक्रिया दिनुहोस्