जनता टाइम्स

२२ असार २०७७, सोमबार २२:३१

प्रधानमन्त्री ओलीको दुवै पदबाट राजिनामा माग्ने प्रचण्ड होइनन्, अर्को समुह हो : वर्षमान पुन (भिडियोसहित)


काठमाडौं, असार २२

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल बढि आक्रोशित देखिनु भएको खुलासा भएको छ । पछिल्लो समय पार्टीमा देखिएको विवाद मिलाउन सक्रिय नेता वर्षमान पुनका अनुसार तेस्रो समुह ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउन लविङ गरिरहेको खुलाउनु भएको हो ।

ओलीलाई दुवै पदबाट हटाउन पूर्वएमाले कै समुह सक्रिय रहेको खुलेपछि सो समुहलाई कसरी मिलाउने भन्नेमा पहल भईरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउसो करिब दुई घण्टासम्म चलेको ओली–प्रचण्डको ‘वान–टू–वान’ वार्ता सकरात्मक बनेको नेताहरुले बताएका छन् । अध्यक्षद्वय ओली–प्रचण्डबीच जेठ २ कि मंसिर ४ को सम्झौताबाट अगाडी बढ्ने भन्नेमै कुरा अड्किएको छ । प्रचण्डले आलोपालो प्रणाली अनुसार अगाडी बढ्नुपर्ने कुरा उठाएका छन् भने प्रधानमन्त्री समेत रहेका ओलीले मंसिर ४ मा भएको पछिल्लो सहमति अनुसार अगाडी बढ्नुपर्ने कुरा राखेका छन् । ओलीले पाँच वर्ष आफुले सरकार चलाउने र पार्टी प्रचण्डलाइ चलाउन दिने गरी भएको सहमति कार्यान्वयन गर्ने बताएका छन् । यही विषयमा दुई अध्यक्षबीच कुरा मिलाउने प्रयास भईरहेको उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य वर्षमान पुनले बताउनु भयो ।

‘प्रचण्डले भन्नुहुन्छ पुरोना सहमति आलोपालो मै जाऔं, मंसिर ४ को सहमति गल्ती भो, प्रधानमन्त्री भन्नुहुन्छ, तपाई पार्टी चलाउनुहोस् मैले सरकार यही नै ठिक हुन्छ’, नेता पुनले माधव नेपाल समुहलाई इंगित गर्दै अगाडी भन्नुभयो, ‘अर्को पक्षचाँही खै त प्रधानमन्त्रीको सरकार संचालनमा राम्रो भएन । त्यसैले सरकार नी पार्टी नी छोडर अर्कोलाई दिनुहोस् र आराम गर्नुहोस् भन्छ ।’ अहिलेको विवाद यही रहेको उहाले खुलाउनु भयो । नेता पुनका अनुसार सबै विचारलाई समेट्दै पार्टी एकताको भावनालाई समेट्ने गरी निर्वाचनमा जनताको भावनालाई समेट्ने गरी समाधान खोजिने स्पष्ट पार्नुभयो ।